ओली सनक्क सन्कदै बुर्लुक्क उफ्रेपछि बालुवाटारमा पाखुरा सुर्कासुर्की
बिहीबार, ७ माघकाठमाडौं । आन्दोलन नछाड्ने हो भने किन संविधान संशोधनको नाटक गर्नुपर्यो, भन्दै प्रधानमन्त्री ओली आफैंले आन्दोलनरत मधेसी मोर्चाका नेताहरुलाई थर्काउन थालेपछि फाइनल भनिएको वार्ता तिक्ततापुर्ण ढंगले सकिएको छ ।
यती मात्रै हैन मधेसी मोर्चाका नेता उपेन्द्र यादवले सरकारको हैसियत माथि नै प्रश्न उठाउका छन् । बिहीबार बैठक सुरु गर्नेबेला निकै सकारात्मक वातावरण थियो ।
तर, अन्तिममा भने प्रधानमन्त्रीको सन्कीका कारण मोर्चाका नेताहरु पाखुरा सुर्काउदै बाहिरिए । बैठक आरम्भ गर्दै प्रधानमन्त्री ओलीले दिर्घकालिन समाधानको उपाय खोजौं भनेका थिए ।
तर, अन्तिममा उनकै कारण समस्या आयो भन्दै उपेन्द्र यादवले पनि ओली सन्कने हो भने आफुहरुले पनि पाखुरा सुर्काउन जानेको जस्तै प्रतिक्रिया दिए ।
बैठकमा आजै लिखित सहमति गर्ने वाताबरण बनाऔं भन्दै एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ बोल्दा निकै सकारात्मक भएको थियो ।
उपप्रधानमन्त्री भिम रावलले कार्यदलमा भएको प्रगतिका बारेमा ब्रिफ गर्दा पनि सकारात्मक अवस्था थियो । रावलले सहमतिकालागि लिखित विषय तयार पार्न लागौं न त उपेन्द्र जी भनीरहेका थिए ।
यतीकैमा ओलीले रावललाई रोक्दै सहमति गर्ने अनि आन्दोलनपनि कायम राख्ने तरीका सोच्नुभएको छ भने संविधान संशोधन हुन्न भन्दै अडान लिन थालेपछि उपेन्द्र उठे । उनी ओलीलाई घुर्काउदै बाटो लागे भने उनको पछिपछि मोर्चाका अन्य नेता ।
एमाओवादी र कांग्रेसका शीर्ष नेताहरुले पनि ओलीलाई रोक्न खोजे । ओलीले आफु सहमतिको पक्षधर भए पनि आन्दोलन रोकीने ग्यारेन्टी मात्रै मागेको बताए ।
अन्तिममा तीन दलका शीर्ष नेताहरुले शीर्ष वार्ता कायमै राख्ने र शुक्रबार फेरि मोर्चाका नेतालाई बोलाउन प्रधानमन्त्रीलाई आग्रह गर्दै बाहिरिए । अब आम जनताले शुक्रबारसम्म सहमति बन्ने आशा गरिरहेका छन् ।
nepalsandesh


0 comments
Write Down Your Responses