मोर्चाका कार्यकर्ताद्वारा सशस्त्र प्रहरीको बेस क्याम्प तोडफोड
शुक्रबार, ८ माघविराटनगर । मधेसी मोर्चाका कार्यकर्ताहरु विहानैदेखि प्रदर्शन र तोडफोडमा उत्रिएपछि मोरङको रंगेली शुक्रबारपनि बिहानदेखि पुनः तनावग्रस्त बनेको छ ।
बिहीबार प्रहरीको गोली लागेर तीन जनाको मृत्यु भएको विषयलाई लिएर मोर्चाका कार्यकर्ताहरुले बिहानैदेखि प्रदर्शन गरेका हुन् ।
बिहीबार प्रहरीसँग झडप भएपछि स्थानीय प्रशासनले कफ्र्यु लगाएपनि शुक्रबार बिहानै देखि हटाएपछि पुनः प्रदर्शन चर्किएको हो ।
प्रदर्शनकारीहरुले बिहानैदेखि मोरङको रंगेलीका विभिन्न स्थानमा प्रदर्शन गरेका छन् भने रंगेली चोकमा रहेको सशस्त्र प्रहरीको बेस क्याम्पको निर्माणधीन भवनमा समेत तोडफोड गरेका छन् ।
मोर्चाका कार्यकर्ताहरुले निर्माण सामग्री र सयभन्दा बढी सिमेन्टका बोरा फुटाएर क्षति पुर्याएको सशस्त्र प्रहरीले जनाएको छ ।
बिहीबार एमालेको भातृ संगठन युवा संघ नेपालले आयोजना गरेको आमसभामा मोर्चाका कार्यकर्ताहरुले अवरोध गर्न खोजेपछि भएको झडपमा प्रहरीको गोली लागी ३ जनाको मृत्यु भएको थियो ।
nepalsandesh


0 comments
Write Down Your Responses