काँग्रेसको कार्यक्रम मधेसी मोर्चाले बिथोल्यो
जनकपुरधाम, ९ माघ । नेपाली काँग्रेसको महाधिवेशनका सन्दर्भमा धनुषा जिल्ला कार्यसमितिका सभापतिको उम्मेदवारी घोषणा गरिरहेका एक उम्मेदवारको कार्यक्रममा संयुक्त लोकतान्त्रिक मधेसीका मोर्चाका कार्यकर्ताले गतिरोध उत्पन्न गरेका छन् ।उम्मेदवार रामपल्टन साहले आयोजना गरेको पत्रकार सम्मेलनमा मोर्चाका कार्यकर्ताले काँगे्रस मधेस विरोधी र मधेसीको हत्यारा भएको भन्दै सम्मेलनमा गतिरोध उत्पन्न गरेका थिए ।
सद्भावना पार्टीका जिल्ला अध्यक्ष सञ्जय सिंह र तराई–मधेस लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष परमेश्वर साहले मधेस र मधेसी विरोधी दलको कुनै पनि कार्यक्रम धनुषा जिल्लामा हुन नदिने बताउनुभयो ।
मोर्चाका कार्यकर्ताले कार्यक्रमस्थलमा सरकार र तीन दलविरुद्ध नाराबाजी पनि गरेका थिए । काँग्रेसले यही माघ २५ गते निर्धारण गरेको जिल्ला अधिवेशन कुनै पनि अवस्थामा हुन नदिने चेतावनी मोर्चाका कार्यकर्ताले दिएका छन् ।
dainiknepal


0 comments
Write Down Your Responses