२३ वर्षपछि अन्तर्राष्ट्रिय उपाधि उचाल्ने फुटबल खेलाडीलाई भव्य स्वागत
काठमाडौं, ९ माघ । २३ वर्षपछि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा उपाधि जित्ने नेपाली फुटबल टोलीलाई भव्य स्वागत गरिएको छ ।विजेता खेलाडीहरुलाई बाजागाजासहित नगर परिक्रमा समेत गराइएको छ ।
खेलकुद सम्बद्ध अधिकारीहरु र खेलप्रेमी नेपालीहरु खेलाडीहरुको स्वागत गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए । उनीहरु नेपालको राष्ट्रिय झण्डा, फूलमाला, खादा र बाजागाजा बोकेका थिए । विमानस्थलमा समर्थकहरुको भिड व्यवस्थित गर्न सुरक्षाकर्मीहरुलाई हम्मे-हम्मे परेको थियो ।
शुक्रबार बंगलादेशमा सम्पन्न बंगबन्धु गोल्डकप फुटबलको फाइनल खेलमा बहराइनलाई ३-० ले हराउँदै नेपाले उपाधि जितेको थियो । नेपालको यो जित २३ वर्षपछि अन्तर्राष्ट्रिय खेलमा पाएको सफलता हो ।
dainiknepal


0 comments
Write Down Your Responses