बालसखा लिएर पूर्वराजा ज्ञानेन्द्र विदेशतिर
काठमाडौं, ८ माघ । पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नो भावी योजना बनाउन थाइल्याण्ड पुगेका छन् । उतैबाट भारत र चीनका राजनीतिज्ञसँग भेट गर्ने चाँजोपाँजो मिलाउँदै पूर्वराजा ज्ञानेन्द्र आफ्ना निजी सचिव सागर तिमिल्सिनाका साथ थाइल्याण्ड पुगेका हुन् ।शाह बुधवार थाई एअरलाइन्सको नियमित उडानबाट दिउँसो साढे १ बजे थाइल्याण्ड उडेका हुन् । नेपाल समाचार पत्र दैनिकले लेखेको छ ।
करिव एक महिना लामो बसाईका लागि थाइल्याण्ड गएका पूर्वराजा शाहले उतैबाट भारत जाने सम्भावना रहेको स्रोतले जनाएको छ ।
करिब डेढ महिनादेखि पूर्वरानी कोमल थाइल्याण्डमा बस्दै आएकी छिन् । भावी योजना बनाउन पूर्वराजाले यसअघि नै आफ्नो बालसखा प्रभुशमशेरलाई थाइल्याण्ड पठाइसकेका छन् ।
dainiknepal


0 comments
Write Down Your Responses