बालुवाटारमा प्रमुख तीन दल र मधेसी मोर्चाबीच शीर्ष तहमा वार्ता सुरु
काठमाडौं, ७ माघ । प्रमुख तीन दल र मधेसी मोर्चाबीच प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष स्तरीय वार्ता सुरु भएको छ ।मधेसका मुद्दामा सहमति खोज्न विहान ९ बजेदेखि वार्ता सुरु भएको हो ।
वार्तामा प्रमुख तीन दलका शीर्ष नेता सहभागी छन् । यसैगरी मोर्चाका तर्फबाट उपेन्द्र यादव, हृदेश त्रिपाठी, लक्ष्मणलाल कर्ण र शर्वेन्द्रनाथ शुक्ला सअभागी छन् ।
यसअघि तीन दल–मोर्चा कार्यदल स्तरको वार्ताको औचित्य सकिएको भन्दै मोर्चाले शीर्ष तहमा मात्रै वार्ता गर्ने निर्णय गरेको थियो ।
मोर्चासँग सहमति खोज्न भन्दै शीर्ष तीन दलको आग्रहमा संसद बैठक दुई दिन पर सारिएको छ । मोर्चासंग सहमति खोजेर ९ गते संविधान संशोधन प्रस्ताव पारित गर्ने तयारी तीन दलले गरेका छन् ।
dainiknepal


0 comments
Write Down Your Responses