दुर्घटनामा घाइतेको उपचारका क्रममा मृत्यु
तनहुँ: आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको ग१ख ५५०२ नम्बरको माइक्रोबसको ठक्करबाट घाइते भएका भरतपुर नगरपालिका-६ निवासी ३७ वर्षीय सुजन खनालको उपचारका क्रममा मृत्यु भएको छ।दुर्घटनामा परी गम्भीर घाइते भएका उनको काठमाडौँको नर्भिक अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ।
बुधबार साँझ पृथ्वी राजमार्गको बन्दीपुर नगरपालिका-४ ठूल्ढुङा भन्ने स्थानमा विपरीत दिशामा गुडिरहेको ना२५प ९१६९ नं को मोटरसाइकललाई उक्त माइक्रोबसले ठक्कर दिएको थियो।
मोटरसाइकलमा सवार सुजनका ६० वर्षीय बुबा बद्रीको उपचारका क्रममा हिजै डुम्रेस्थित लक्ष्मी अस्पतालमा मृत्यु भएको थियो।
त्यस्तै नारायणगढबाट पोखरातर्फ जाँदै गरेको ग१ख ५६१७ नं को ट्रक गएराति व्यास नगरपालिका-१ तालघरेमा पल्टिएर दुर्घटना भएको छ। दुर्घटनामा कुनै मानवीय क्षति नभए पनि ट्रकमा रहेको आलु सडकभरि पोखिएको छ।
annapurnapost


0 comments
Write Down Your Responses