प्रधानमन्त्री रंगेली आउने खबर पाएपछि मोर्चाद्वारा प्रदर्शन
बिराटनगर, माघ ६ । मोरङको रंगेलीमा आज(बुधबार) मधेसी मोर्चाका कार्यकर्ताले सरकारको विरोधमा प्रर्दशन गरेका छन् । भोली(बिहीबार) प्रधानमन्त्री केपी शर्मा ओली रंगेली आउने भएपछि मोर्चाले रंगेली केन्द्रीत विरोध कार्यक्रम गरेका हुन् ।मोर्चाका कार्यकर्ताले आज रंगेली र बसपार्क चोकमा टायर बालेर विरोध प्रर्दशन गरेका हुन । मोर्चाको प्रर्दशनको कारण रंगेलीको जनजीवन बिहानैदेखि प्रभावित बनेको छ ।
युवा संघले रंगेलीमा संविधान जागरण अभियान चलाउन भोलि आमसभा गर्ने भएपछि मोर्चाले त्यस क्षेत्रमा आमहड्ताल घोषणा गरेको छ ।
मोर्चाका कार्यकर्ताले रंगेली विराटनगर सडक खण्डमा आज विहानैबाट मोटरसाइकलसहितका यातायातका साधन संचालनमा रोक लगाएका छन् । यता, प्रधानमन्त्री ओलीको सचिवालयले उनी रंगेली जाने नजाने तय भइनसकेको जनाएको छ ।
imagekhabar


0 comments
Write Down Your Responses