टिपरमा राखेर खेलाडीलाई घुमाइँदै
काठमाडौं : बंगलादेशको ढाकामा सम्पन्न बंगबन्धु अन्तर्राष्ट्रिय गोल्डकपको उपाधि जितेको फुटबल टिमका सदस्यलाई बालुवा बोक्ने टिपरमा राखेर नगर परिक्रमा गराउने तयारी गरिएको छ ।

अखिल नेपाल फुबटल संघ (एन्फा) ले केही ब्यानर टाँगेर दुईवटा टिपर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लगेको छ ।

दुईवटा टिपर र ठूलो संख्यामा कर्मचारी र समर्थकसहित एन्फाका पदाधिकारी खेलाडीको स्वागत गर्न त्रिभुवन विमानस्थल पुगेका छन् ।


खेलाडीको स्वागत गर्न नेपाली झन्डासहित सयौं समर्थकहरु त्रिभुवन विमानस्थलमा जम्मा हुन थालेका छन् ।

एन्फाको तर्फबाट कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ र कार्यकारी अधिकृत इन्द्रमान तुलाधर पनि विमानस्थल पुगेका छन् ।
annapurnapost
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses