मोर्चाका नेता भित्रभित्रै खुसी: प्रचण्ड
१० माघ, काठमाडौं।एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधनपछि आन्दोलनरत मधेसी मोर्चाका नेता पनि भित्रभित्रै खुसी भएको टिप्पणी गरेका छन् ।
पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा आज आयोजित कार्यक्रममा अध्यक्ष दाहालले संविधान संशोधनका लागि पाँच दलबीच भएको सहमतिबारे मोर्चाका नेतालाई हिजै जानकारी दिँदा उनीहरुले ‘धन्यवाद’ दिएको दाबी पनि गरेका हुन्।
सीमाङ्कन पनि सँगै टुंग्याउनु पर्ने अडानका कारण संविधान संशोधनप्रति मोर्चाको असन्तुष्टि जस्तो देखिएपनि नेताहरु भित्रभित्रै भने खुसी रहेको उनको भनाइ थियो।
एक अर्को प्रसंगमा अध्यक्ष दाहालले आगामी निर्वाचनमा पहिलो शक्ति बनाउने उद्देश्यका साथ आफू पार्टी पुनर्निर्माण अभियानमा लागेको जानकारी पनि दिए।nepaliheadlines
0 comments
Write Down Your Responses