परमानन्द झा, विजयलाई छाडेर उपेन्द्रको पार्टीतिर यसरी पिछलग्गु भए
काठमाडौं, १० माघ । उच्च संवैधानिक पदमा पुगिसकेको व्यक्ति कुनै राजनीतिक दलको पिछलग्गु नबन्नु पर्ने हो । तपाईलाई अचम्म लाग्न सक्छ । अचम्म मान्नु पर्दैन । अब आफ्नो पदको गरिमा भुलेर कुनै राजनीतिक दलको कार्यकर्ताको हैसियतमा पुग्नेहरुको लामो सूची बन्न थालेको छ । यो सूचीमा परेका छन्, पूर्व उपराष्ट्रपति परमानन्द झा ।झा पूर्व उपराष्ट्रपति मात्रै होइनन् । उनी पूर्व न्यायाधीश पनि हुन् । तर उनले आफ्नो गरिमालाई बचाउन नसक्दा र हल्का हुँदा सबैको आलोचना खेप्नु परेको छ ।
झाले आफ्नो पदीय हैसियत र गरिमा भुलेर संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी भएका छन् । उनीले बैठकमा दिल खोलेर राव्यविरुद्ध अभिव्यक्तिसमेत दिए ।
पूर्वउपराष्ट्रपति झाले अहिलेको सरकारले मधेसी, थारु र जनजातिहरुका मागलाई बेवास्ता गरेर संविधान ल्याएको समेत भन्न भ्याए । स्रोतका अनुसार पूर्वउपराष्ट्रपति झाले विशेष गरेर सरकार र कांग्रेस, एमाले र एमाओवादीविरुद्ध अभिव्यक्ति दिएका थिए ।
केन्द्रीय कार्यसमितिमा उपस्थित रहेका पूर्व उपराष्ट्रपति झा पार्टी अध्यक्ष उपेन्द्र यादवको दायाँतर्फ बसेका थिए । उनको वरियता पार्टीमा खासै महत्वको छैन । उनी संवैधानिक पदमा रहेको व्यक्ति भएकाले सम्मान गरेपनि राजनीतिक हैसियत कार्यकर्ताको भन्दा ठूलो नरहेको एक केन्द्रीय सदस्यले बताए ।
कांग्रेसबाट राष्ट्रपति बनेका डा.रामवरण यादवले आफ्नो पदको दायित्व र गरिमालाई कायम राखेर अहिले पनि ललितपुरमा सरकारले तोकिदिएको घरमा बसेका छन् । उनी औपचारिक कार्यक्रममा भन्दा अरु कार्यक्रममा जाँदैनन् । कांग्रेस वा राजनीतिक पार्टीको कुनै पनि डा.यादव कार्यक्रममा गएका छैनन् ।
तर पूर्व उपराष्ट्रपति झाले आफ्नो गरिमालाई भुलेर संघीय समाजवादी फोरम नेपालको बैठकमा सहभागी भएको विषयमा आलोचना हुन थालेको छ । संघीय समाजवादी फोरमभित्रै पनि झाको आलोचना भएको स्रोतले जनाएको छ ।
उपराष्ट्रपति पदमा रहँदासम्म विजय गच्छदारको पार्टी फोरम लोकतान्त्रिकमा रहेका झा पदबाट खुस्कनेवित्तिकै उपेन्द्र यादवको पार्टीमा लागेका छन् ।
dainiknepal


0 comments
Write Down Your Responses