रेखा हराउँदा करिश्मा मालामाल ! यस्तो छ बाबुरामसँग हात मिलाउनुको रहस्य
काठमाडौं, १० माघ । नेपाली रजतपटकी चल्तिकी नायिका रेखा थापा राजनीतिमा प्रवेश गरेर फेरि एकाएक हराएकी छिन् । माधव नेपाल नेतृत्वको सरकारका पालामा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग भद्रकाली मन्दिर अगाडि कम्मर मर्काइमर्काइ नाचेकी रेखा यति उत्साहित भइन कि त्यसको केही समयभित्रै एमाओवादीमा प्रवेश गरिन् ।एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हातको टीका लगाएर पेरिशडाँडामा तामझामका साथ सदस्यता लिइन् । सदस्यता लिएको केही समय त उनको एमाओवादीका राजनीतिक कार्यक्रमहरुमा चुरिफुरी पनि खुब भयो । उनले प्रत्यक्षमा चुनाव लड्नका लागि टिकट पनि पाइन् । बिडम्बना उनको भेट लिष्टमा नामै रहेनछ ।
बाबुरामसँग धेरै आश गरेकी करिश्माले कति कलाकारलाई आफ्नो नयाँशक्ति अभियानमा ल्याउन हुन् उनको परीक्षण पनि हुनै बाँकी छ ।
आफ्नो नाम भोट लिष्टमा छ कि छैन ? म कुन हैसियतको व्यक्ति हुँ ? मैले के गर्दा उचित हुन्छ भन्ने भेउ नपाउने रेखा अहिले एमाओवादीको राजनीतिबाट पलायन सरह छिन् । एमाओवादीको नेता हुन् कि होइनन् रेखाले अहिलेसम्म केही बताएकी छैनन् । तर उनलाई एमाओवादीकाले राजनीतिले फाइदाभन्दा पनि बेफाइदा धेरै भएको आफू निकटका कलाकार साथीहरुसँग गुनासो गर्ने गरेकी छिन् ।
अहिलेफेरि तिनै रेखालाई बिर्साउने गरी पुरानी अभिनेत्री करिश्मा मानन्धरको चर्चा हुन थालेको छ । आइतबार काठमाडौंको बुद्धनगरमा एमाओवादीका पूर्व नेता तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईसँग कुम जोडेर (नजिकै) बसेकी करिश्माको चर्चा चुलिएको छ ।
अमेरिकाको लामो बसाइपछि पति विनोद मानन्धरसँग ललितपुरमा व्यवस्थित घरजम गरेर बसेकी करिश्मा बाबुरामको नयाँशक्तिको अभियन्ता बनेकी छिन् । उनले नयाँशक्तिमा लागेर राम्रै फड्को मार्ने सोँच बनाएकी छिन् ।
अभिनयमा अब्बल मानिने करिश्माको राजनीतिक गतिविधि कस्तो हुने हो त्यो भने हेर्न बाँकी छ । तर उनले रेखा थापाले जस्तो बाबुरामसँग सार्वजनिक कार्यक्रममा कम्मर मर्काइ मर्काइ नाच्नु भने परेको छैन । नयाँशक्ति भएको कारणले पनि करिश्मालाई रेखाको जस्तो परीक्षण दिन नपरेको हुन सक्छ ।
बाबुरामको नयाँशक्तिका अनुहारमध्ये करिश्माको अनुहार पनि राजनीतिका लागि नयाँ हो । यो नयाँ अनुहारबाट बाबुरामले ठूलै आश बोकेका छन् । उनको टिममा राम्रो स्थान पाएकी करिश्माको करिश्मा भावी दिनमा पक्कै देखिनेछ । रेखा थापाको अवस्था भने पक्कै हुने छैन होला ?
बाबुरामसँग धेरै आश गरेकी करिश्माले कति कलाकारलाई आफ्नो नयाँशक्ति अभियानमा ल्याउन हुन् उनको परीक्षण पनि हुनै बाँकी छ । बाबुराम जस्ता व्यक्तिसँग उनलाई काम गर्न सहज भने हुने छैन । क्यामराको अगाडि एक्सन, कटमा रमाएकी करिश्माले जीवनको उत्तरार्द्धमा रोको बाबुरामको नयाँशक्ति अभियानले के कति फाइदा होला त्यो भने भविष्यमा हेर्नुपर्ने हुन्छ ।
dainiknepal
0 comments
Write Down Your Responses