महराले बेइजिङमा चिनियाँ विदेशमन्त्री भेटे
३२ साउन, काठमाडौं ।चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका विशेषदूत उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गरेका छन् ।
महरा र विदेशमन्त्री वाङबीच बेइजिङस्थित चिनियाँ विदेश मन्त्रालयमा भेटवार्ता भएको हो ।
भेटमा के के कुरा भयो भन्ने विवरण अझै सार्वजनिक गरिएको छैन । अर्थमन्त्री महराका प्रेस संयोजक त्रिभुवन पौडेलले महरा र वाङ यीबीचको भेटका तस्विर सार्वजनिक गरेका छन् ।
चीनको छेङ्दु हुँदै सोमबार साँझ बेइजिङ पुगेका महराले त्यहाँ रहँदा प्रधानमन्त्री वा राष्ट्रपतिसँग पनि भेट्ने कार्यक्रम रहेको बताइएको छ ।
चीन प्रस्तान गर्ने दिन चीनको प्रमुख सरकारी समाचार एजेन्सी सिन्हुवाले उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराको लामो अन्तर्वार्ता प्रकाशित भएको थियो । सिन्हुवासँग महराले राजनीतिक परिदृष्यमा आएको परिवर्तन पछि बनेको नयाँ सरकारले चीनसँग सम्बन्ध थप सुद्धृढ र विस्तार गर्न चाहेको बताएका छन् । प्रचण्ड सरकारले चीनसँग सम्बन्ध सृद्धिढीकरणका लागि हरेक प्रयास गर्ने पनि महराले चिनियाँ सञ्चार माध्यमलाई बताएका छन् ।
सिन्हुवासँगको अन्तर्वार्तामा महराले भनेका छन्, “निकट र मैत्री छिमेकीको नाताले चीनबाट हामीले राजनीतिक स्थायित्व प्राप्त गरेर विकाशका लागि समर्थन र सदभाव चाहन्छौं। हामी चीनसँग सदियौं पुरानो मैत्रीपूर्ण सम्बन्धमा छौं त्यसलाई अझै उचाइमा पुर्याउन चाहन्छौं”।
महराले आफ्नो चीन भ्रमणका क्रममा नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे व्रिफ गर्ने र नयाँ संविधान लागु गर्न सरकारले चालेका कदबारे जानकारी गराउने समेत बताएका छन् ।
त्यति मात्र होइन महराले चीनसँग पूर्ववर्ती सरकारले गरेका सम्झौताहरु कार्यन्वयन गर्न पनि यो सरकार प्रतिबद्ध रहेको चिनियाँ सञ्चार माध्यमलाई बताएका छन् ।
नेपाल सरकारका विशेष दुत बनेर चीन जानु अघि नै महरालाई चीनले गुडविल जेष्चर (सदभाव संकेत) दिएको थियो । महरालाई विदाइ गर्न चिनियाँ राजदुत वु चुन्ताइ विमानस्थल पुगेका थिए । महरालाई पुर्याउन चिनियाँ राजदुत विमानस्थल पुग्नुलाई चीनले दिएको उच्च महत्व दिएको देखिएको छ ।nepaliheadlines
0 comments
Write Down Your Responses