अनेरास्ववियुको विवाद मिलाउने जिम्मा रवीन्द्र अधिकारीलाई
काठमाडौँ, २ भदौ । नेकपा (एमाले) निकट अनेरास्ववियुका विवाद मिलाउने जिम्मा विद्यार्थी इन्चार्ज तथा पार्टी केन्द्रीय सदस्य रवीन्द्र अधिकारीलाई दिइएको छ । अनेरास्ववियुका महासचिव ऐन महरले सचिवालयको कार्य विभाजनबारे देखिएको विवाद मिलाउने जिम्मा विद्यार्थी इन्चार्ज अधिकारीलाई दिएको जानकारी गराउनुभयो ।
अध्यक्ष नवीना लामा र महासचिव महरबीचमा सचिवालय सदस्यको कार्य विभाजनबारे विवाद हुँदै आएको थियो । विवाद मिलाउने जिम्मा विद्यार्थी इन्चार्जलाई दिएपछि आगामी शनिबार महासचिव महरले बोलाएको भेला समेत स्थगित गरिएको छ । अध्यक्ष लामाले विधि प्रक्रिया उल्लङ्घन गरी कार्य विभाजन गरेकाले निर्णय सच्चाउन माग गरेको महासचिव महर बताउनुभयो । “अध्यक्षले विधान विपरीत कार्य विभाजन गर्नुभएको थियो” उहाँले भन्नुभयो– “हाम्रो त्यसमा असहमति थियो । कार्य विभाजनसम्बन्धी विवाद विद्यार्थी इन्चार्जले मिलाउने भनेपछि भेला पनि स्थगित गरियो ।” अध्यक्ष लामाले सचिवालय सदस्यको कार्य विभाजन गरेपछि महासचिव महर असन्तुष्ट बनेका थिए । रासस dainiknepal
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses