नेपाली सेना जग्गा दलालीमा लाग्यो, धमाधम प्लटिङ गरेर बिक्री गर्दै
काठमाडौं, १ भदौँ । सुन्दा अचम्म लाग्न सक्छ । मुलुकको आन्तरिक र बाह्य सुरक्षा गर्ने तथा आवश्यक पर्दा रणनीतिक विकासका आयोजनाहरुलाई अघि बढाउने महत्वपूर्ण भूमिका पाएको नेपाली सेनाले घडेरी बेच्ने काममा पनि लागेको छ । सैनिक कल्याणकारी कोष अन्तर्गत रहेर सेनाले जग्गा खरिद गरेर त्यसलाई प्लटिङ गरी विक्री वितरण गरिरहेको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ । सेनाले घडेरी योजना अन्तर्गत बहालवाला, अबकाश प्राप्त तथा लडाइँमा मृत्यु भएका सैनिकका आश्रित परिवारहरुलाई किस्ताबन्दी र पूरा भुक्तानीमा जग्गा विक्री गरिरहेको छ । यसका लागि सेनाले सुनसरीको इटहरीमा ११ सय ८ वटा, पोखराको फूलबारीमा ७२ र राधाकृष्ण टोलमा १ सय ५१ तथा चितवनको पिठुवामा २ सय ८९ गरी जम्मा १ हजार ६ सय ४४ वटा घडेरी बिक्री गरिसकेको छ । सेनाले सस्तोमा ठूलो परिणामको जग्गा किन्ने र त्यसलाई प्लटिङ गरी महंगोमा बिक्री गर्दै आइरहेको छ । dainiknepal
0 comments
Write Down Your Responses