१९ वर्षीया कलेजकी छात्राले ‘काली माता’लाई चढाउन जिब्रो काटिन्
भारतको मध्यप्रदेश राज्यमा एउटा निकै अचम्मको घटना सार्वजनिक भएको छ । १९ वर्षीया एक कलेजकी छात्राले आफ्नो मनोकाङ्क्षा पुरा हुने आशामा माता कालीलाई आफ्नो जिब्रो काटेर चढाएकी छिन् ।

मध्यप्रदेशको टीआरएस नामको कलेजमा पढिरहेकी आरती डुबेले सपनामा माता कालीले आफूलाई जिब्रो काटेर चढाए इच्छा पूरा हुने बताएको भन्दै अर्को दिन रिभा गाउँमा रहेको कालीको मन्दिरमा आफ्नो जिब्रो चढाउन पुगिन् । हुन त मानिसहरुले भगवानको नाममा आफ्नो शरिरका अरु अंग चढाएको घटना हामीले सुनिरहेका छौं तर आरतीले जे गरिन् त्यो निकै अचम्मको थियो किनभने उनी पढेलेखेकी किशोरी थिइन् ।

‘मानिसहरुले आफ्नो इच्छा पूरा हुने आशामा मानिसहरुले शरिरका अंगहरु चढाउने गरेको यदाकदा सुन्ने गरिन्थ्यो । तर यो केस निकै फरक छ । अशिक्षित मानिसहरुले समाजका अन्धविश्वासलाई मान्नु सहज मानिन्छ तर पढेलेखेका मानिसले यस्तो गर्दा पूरा समाजमा नै नकारात्मक असर पार्ने गर्दछ,’ स्थानीय पत्रकार श्याम मिश्रले डेली मेललाई बताए।


 एक प्रत्यक्षदर्शीका अनुसार ती किशोरी काली मन्दिरमा आइन् । केही धार्मिक कार्य गरेपछि उनले आफ्नो जिब्रो निकै धारिलो ब्लेडले काट्न थालिन् । जिब्रो काटेपछि उनी बेहोस भइन्–सम्भवतः पीडाका कारण । तर एम्बुलेन्सलाई बोलाउनु र केही प्राथमिक उपचार गर्नुको साटो मन्दिरका पुजारी र केही भक्तजनहरुले उनलाई स्कार्फले छोप्दै उनको सुधारको लागि प्रार्थना गर्न थाले ।
अडिटी सेन्ट्रलका अनुसार उनलाई पाँच घण्टासम्म कसैले पनि सहयोग गरेनन् । पाँच घण्टापछि आफै चेतना आएपछि उनले पुनः काली माताको लागि धार्मिक कार्य सुरु गरिन् । उनले पूरा मन्दिरलाई पटक पटक परिक्रमा गरिन्, मन्द मुस्कानको साथमा ।

आरतीले गरेको यस्तो प्रकारको कार्यको पूरा रिभामा चर्चा भएपछि एउटा पुलिसको एउटा समूह एम्बुलेन्ससहित मन्दिरमा छानबिनका लागि आइपुगे । प्राथमिक उपचार दिएपछि उनलाई पुलिसले घर पठाइदिए ।

आरतीका भाइ सचिनले डेली मेललाई बताए अनुसार आरतीले उनलाई आफ्नो सपना र सोचबारे भनेको तर उनी कहिले पनि यो हदसम्म आइपुग्लिन् भनेर सोचेनन् । ‘आरतीले मलाई उनको सपनाबारे जानकारी दिएको र आफ्नो जिब्रो माता कालीलाई चढाउने बताएकी थिइन् । तर मैले कहिले पनि सोचिनँ कि उनी यो विषयमा यति धेरै गम्भीर छिन् । मेलै सोचेको थिएँ उनी मसँग जिस्किरहेकी छिन्,’ उनले भने ।
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses