अमेरिकी सैन्य प्रमुख दक्षिण कोरिया जाँदै
अमेरिकी सेनाका प्रमुखले यसै हप्ता दक्षिण कोरियाको भ्रमण गर्नुहुने भएको छ । अमेरिकाको रक्षामन्त्रालयले मङ्गलबार सो जानकारी दिएको छ ।अमेरिकी सेनाका प्रमुख जनरल मार्क मिलरी भोलि बुधबार दक्षिण कोरिया भ्रमणका लागि जान लाग्नुभएको छ ।उहाँले दक्षिण कोरियाको तीन दिने भ्रमण गर्न लाग्नुभएको दक्षिण कोरियाका सैनिक अधिकारीले मङ्गलबार पत्रकार सम्मेलनका क्रममा जानकारी दिएका छन् ।केही समय यतादेखि उत्तर र दक्षिण कोरियाबीचको सम्बन्ध थप तनावपूर्ण बन्दै गएको छ । तनावकै यस बीचमा अमेरिकी सेनाका प्रमुखले दक्षिणको भ्रमण गर्न लाग्नुभएको छ ।
उत्तर कोरियाले यस वर्ष धेरै पटकसम्म आणविक परीक्षण गरिरहेको छ । जसका कारण यस कोरियाली प्रायद्वीपमा तनाव बढेको छ ।उत्तरको सो परीक्षणको विरुद्धमा दक्षिण कोरिया र अमेरिका मिलेर दक्षिण कोरियाली सीमाभित्र उक्त परीक्षणको निरीक्षण गर्ने एक गुप्तचर प्रणाली राख्ने निर्णय गरेका छन् ।
सो प्रविधिका लागि यस पटकको अमेरिकी सैन्य प्रमुखको भ्रमण भएको हुनसक्ने अनुमान गरिएको छ ।यस विषयमा अमेरिकी रक्षा मन्त्रालयले भने केही बताएको छैन । रासस÷सिन्ह्वा news24nepaltv
0 comments
Write Down Your Responses