प्रचण्डका विशेष दूत निधि नयाँदिल्लीमा, को कोसँग हुँदैछ भेटवार्ता

नयाँदिल्ली ३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका विशेष दूतका रूपमा उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि बिहीबार सााझ नयाँदिल्ली पुगेका छन् । निधिले शुक्रबार सााझ भारतका राष्ट्रपति प्रणव मुखर्जी र शनिबार बिहान प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम छ ।

आजको नयाँ पत्रिका दैनिकमा नयाँदिल्लीबाट पर्शुराम काफ्लेको रिपोर्ट प्रकाशित छ– जेट एयरको उडानबाट साँझ ६ बजे दिल्ली पुगेका उपप्रधानमन्त्री निधिलाई भारतीय विदेश मन्त्रालयको उत्तरी डिभिजन (नेपाल र भुटान मामिला) प्रमुख सुधाकर दलेलाले सरकारका तर्फबाट स्वागत गरे । निधिलाई स्वागत गर्न इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि भारतीय राजदूत रणजित राय, नेपाली कार्यबाहक राजदूत कृष्णप्रसाद ढकाल, कांग्रेस युवा नेता बालकृष्ण पाण्डे पनि पुगेका थिए । भारत सरकारले उनको बसोबासको व्यवस्था होटेल ताज प्यालेसमा गरेको छ ।

उपप्रधानमन्त्री निधि सााझ ८ बजे बारखम्बा रोडस्थित नेपाली दूतावासमा आयोजित रात्रिभोजमा सहभागी भए । भोजमा भारतीय कंग्रेसका नेता डा. करण सिंह, पूर्वविदेशसचिव श्यामशरण, नेपालका लागि पूर्वराजदूत जयन्तप्रसाद, राकेश सुद, भाजपा नेता तरुन भिजय, सांसद डिपी त्रिपाठीलगायत सहभागी थिए ।

निधि सोमबार साँझ मात्रै स्वदेश फर्किने कार्यक्रम छ । उनीसँग काठमाडौंबाट परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगाना आएका छन् । औपचारिक भेटवार्ताहरूमा दिल्लीस्थित कार्यबाहक नेपाली राजदूत कृष्णप्रसाद ढकाल, राजनीतिक काउन्सिलर हरि ओडारीलगायत रहनेछन् ।

अमित र मनमोहनसँग भेट्ने प्रयास
उपप्रधानमन्त्री विमलेन्द्र निधिले सत्तारुढ भारतीय जनता पार्टीका अध्यक्ष अमित साहसाग भेटका लागि प्रयास भइरहेको छ । साह सकारात्मक भए पनि समय तय हुन बााकी छ । भारतका पूर्वप्रधानमन्त्री एवं कंग्रेस नेता डा. मनमोहन सिंहसँग निधिको भेटवार्ताका लागि नेपाली दूतावासले प्रयास गरिरहेको छ । भारतीय कंग्रेसका अध्यक्ष सोनिया गान्धीसँग भेटका लागि सुरुमा कोसिस भए पनि उनको स्वास्थ्यलगायत कारण सम्भव नभएपछि पूर्वप्रधानमन्त्री सिंहसाग भेट्न प्रयास भएको हो । सिंहसँग शनिबार अपराह्न भेट्नेबारे कुराकानी भएको, तर समय तय नभएको दूतावास स्रोतले जानकारी दिएको छ । ०६२र६३ को आन्दोलनपूर्व भएको १२ बुादे समझदारी र नेपालमा गणतन्त्र घोषणा हुने वेला भारतमा सिंह प्रधानमन्त्री थिए ।
khabardabali
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses