नयाँ संविधानका लागि पूर्व राजा ज्ञानेन्द्रको पनि सुझाव
देशभरी नयाँ संविधानको मस्यौदाबारे विवाद र बहस चलिरहेको समयमा पूर्व राजा ज्ञानेन्द्रले पनि मुख खोलेका छन् अहिलेको संविधानको मस्यौदामा सबैको भावना नसमेटिएको टिप्पणी गर्दै ज्ञानेन्द्रले यसलाई संसोधन गर्न माग गरेका हुन् ।भूकम्पबाट ज्यान गुमाएकाहरुको शान्तिको कामना गर्दै वसन्तपुरस्थित सानो पशुपतिनाथको मन्दिरमा आयोजित महायज्ञमा सहभागी भएका ज्ञानेन्द्रले कसैलाई काखा र कसैलाई पाखा बनाउने संविधानले काम नगर्ने बताए ।
यस अघि पूर्वराजा ज्ञानेन्द्र शाहरुले आफूसँग तत्कालीन आन्दोलनरत दलले गरेको सहमतिबारे जिज्ञासा राखेका थिए । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजाले एक सन्देश दिँदै आफूसँग भएका सहमति कार्यन्वयन गर्न दलहरुलाई आग्रह गरेपछि उनलाई कारवाही गर्न समेत माग भएको थियो ।
आफ्नो हातमा सासन लिएर बसेका तत्कालीन राजा ज्ञानेन्द्रलाई ६२-६३ को आन्दोलनपछि बनेको अन्तरिम संविधानले शक्तिहिन तुल्याएको थियो भने संविधानसभाको पहिलो बैठकले देशलाई गणतन्त्र घोषणा गर्दै नागार्जुन पठाइदिएको थियो ।
दलहरुबीच किचलो र विभिन्न जाति समुदायबाट नयाँ संविधानको मस्यौदामाथि असन्तुष्टी आइरहेको समयमा पूर्वराजाको बोलीलाई महत्वका साथ हेरिएको छ ।nepaliheadlines.com


0 comments
Write Down Your Responses