पपुवा न्युगिनीसँग हारेपछि पारसले यसो भने ...
काठमाडौं । आज पपुवा न्यूगिनीसँग भएको आफ्नो पाँचौ खेलमा पनि नेपाल पपुवा न्युगिनीसँग ८ विकेटले पराजित भएको छ । नेपालले १९.४ ओभर खेलेर अलआउट हुदै पपुवा न्युगिनीलाई ९४ रनको लक्ष्य दिएको थियो।सो टार्गेट पपुवा न्युगिनीले सजिलै संग भेटायो । आजको यो पराजयसँगै नेपालको विश्वकप यात्रा लगभग समाप्त भएको छ ।

 खेल हारेपछि नेपाली टिमका कप्तान पारस खड्काले आफूहरुले राम्रो शुरुवात गरेपनि मिडल ओभरमा समस्याग्रस्त बनेको बताए । आफुले सोचे अनुसार खेल हुन नसकेको उनको भनाइ छ । अब आगामी आफुहरुले खेल्ने खेलमा गल्तीबाट पाठ सिकेर पुनरागमन गर्ने पारसले बताएका छन् । आजको खेल हारिसके पछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले यसो भनेका हुन् ।
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses