मालतीले एकैसाथ तीन छोरी जन्माइन्
भैरहवा : रुपन्देहीको खड्वा बनगाई–९ सिसैटोल निवासी २५ वर्षीया मालती मल्लाहले एकै प्रसव व्यथामा बिहीबार तिम्ल्याहा छोरी जन्माएकी छन् ।युसिएमएस शिक्षण अस्पताल भैरहवामा अप्रेशन नगरी जन्मेका तीनै शिशुको स्वास्थ्य राम्रो रहेको अस्पतालका जनसम्पर्क प्रमुख सुशील गुरुङले जानकारी दिए ।
विहान ९ बजेर २४, ४४ र ४६ मिनेटाम पुण स्वस्थ शिशु जन्मेका उनले बताए । पहिला जन्मेकी शिशुको तौल एक किलो ६७० ग्राम, दोस्रोको एक किलो ६२० ग्राम र तेस्रोको एक किलो ३७० ग्राम छ ।
सुत्केरी आमाले खानपिन, हिँड्डुल गरिरहेकी सासु कुश्मा मल्लाहले जानकारी दिइन् ।
अस्पतालका प्रसुति स्त्री तथा प्रसुति विभागीय प्रमुख प्रा.डा. शिवजी मिश्रा, डा. निलम सुवेदीको नेतृत्वमा नर्स पद्मा खनाल, सुमित्रा केसी संलग्न थिए । मालतीलाई आइतबार अस्पतालमा भर्ना गरिएको थियो । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses