सैनिक हेलिकोप्टर दुर्घटनामा १२ सैनिकसहित १७ को मृत्यु
कान्दाहार (अफगानिस्तान), २१ साउन । दक्षिणी अफगानिस्तानमा बिहीबार सैनिक हेलिकोप्टर दुर्घटना हँुदा त्यसमा सवार १२ सैनिकसहित १७ जनाको ज्यान गएको छ ।गएको डिसेम्बर महिनामा नेटो सैनिकले अफगानिस्तानको मिसन पूरा गरी फर्किएपछिको यो सबैभन्दा ठूलो दुर्घटना हो ।
दक्षिणी अफगानिस्तानको सिन्काई जिल्लामा सो हेलिकोप्टर दुर्घटनाग्रस्त हुन पुगेको अफगानिस्तानको रक्षा मन्त्रालयले जानकारी दिएको छ । प्राविधिक गडबडीका कारण सो दुर्घटना भएको उक्त मन्त्रालयले जनाएको छ ।
अफगानिस्तानका एक सैनिक अधिकारीले दिएको जानकारीअनुसार सो हेलिकोप्टर प्राविधिक गडबडीका कारण दुर्घटना हुन पुगेको हो ।
ती अधिकारीले उक्त हेलिकोप्टरलाई तालिवानहरुले आक्रमण गरेको नभई आफै दुर्घटना हुन पुगेको जानकारी गराएका छन् ।
तर तालिवान विद्रोहीले भने उक्त हेलिकोप्टरलाई रकेट लन्चरको प्रयोग गरी खसालेको दाबी गरेका छन् । उता अफगान सैनिकले भने तालिवानको सो भनाईको खण्डन गरेको छ ।
सो हेलिकोप्टर सैनिकको रहेको र त्यसमा चालक दलका पाँचजना सदस्यसहित १७ जना रहेका थिए ।
0 comments
Write Down Your Responses