‘मधेसलाई पहाडसँग मिलाउन दिँदैनौँ’
नेपालगन्ज : नेपाल सदभावना पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले नयाँ बन्ने संविधान अन्तरिम संंविधान भन्दा पछाडि फर्कने प्रयत्न नगर्न चेतावनी दिएका छन् ।लोकतान्त्रिक मधेशी मोर्चाद्धारा आयोजित विरोध सभालाई नेपालगन्जमा सम्बोधन गर्दै सदभावना अध्यक्ष महतोले अन्तरिम संविधान मधेसवादी दलको बटमलाईन भएको बताए ।
उनले गलत संविधान निर्माण हुन लागेको बताउँदै भने–हाम्रो अन्तिम बटम लाईन अन्तरिम संविधान हो, त्यो यताउता भएमा त्यो अनर्थ हुने छ ।’
उनले मधेसलाई पहाड मिलाएर प्रदेश बनाउने कुरा कुनै पनि हालतमा स्वीकार्य नहुने बताए । ‘मधेसी धर्तीलाई पहाडमा मिलाइए त्यो हामीलाई स्वीकार्य हुँदैन’ उनले भने, ‘त्यो देशको लागि समेत अनर्थ हुने छ ।’
उनले झापा, मोरङ, सुनसरी तथा कैलाली र कञ्चनपुरलाई समेत मधेसबाट छुटयाउने कुरा अस्वीकार्य भएको बताए । ‘त्यो खाका आयो भने हामी मान्दैनौँ’, महतोले भने ।
उनले मधेसी दल र नेताबाट विगतमा भएका स्वीकार्दै यसको लागि आत्मालोचना गर्न आफू तयार रहेको बताए ।
‘विगत हामी पनि गल्ती गरियो, मधेशी पाटी विभाजन भएर १३ वटा भयो’ उनले भने, ‘यो सबै मन्त्री बन्नलाई भएको थियो, विगतको गल्तीलाई हामी आत्मालोचना गर्छौँ ।
सो सभामा संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव, तमलोपाका महामन्त्री सर्वेन्द्रनाथ शुक्ला लगायतले सम्बोधन गरेका थिए । annapurnapost.com
0 comments
Write Down Your Responses