रेल दुर्घटनामा बत्तीसको मृत्यु
नयाँ दिल्ली, २० साउन । मध्य भारतीय राज्य मध्य प्रदेशमा दुईवटा रेल एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा परी कम्तीमा ३२ जना व्यक्तिको मृत्यु भएको समाचार छ ।

सो दुर्घटनामा परी अन्य ७० जना घाइते भएका वरिष्ठ रेलवे अधिकारीले बुधबार जानकारी दिएका छन् । प्रान्तीय राजधानी भोपालबाट १६० किलोमिटर टाढा रहेको स्थानमा स्थानीय समयाअनुसार ११ः३० मा सो दुर्घटना भएको जनाइएको छ ।

दुर्घटना भएका ती दुई रेल मुम्बईबाट बनारस र अर्को रेल मुम्बईबाट पूर्वी भारतीय राज्य बिहारको जबालपुरतर्फ गइरहेको सो रेल मचामक नदीमा खसेको बताइएको छ ।

सो रेल दुर्घटनामा मारिएकामा १० जना महिला र पाँच बालबालिका रहेका जनाइएको छ । दुर्घटनाग्रस्त सो रेलबाट ३०० भन्दा बढी व्यक्तिलाई उद्धार गरिएको जनाइएको छ ।

www.etajakhabar.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses