सात वर्षीया बालिका पटक पटक बलात्कृत
१९ वर्षीय युवा समातिए
धरान : धरान उपमहानगरपालिका–१४ विजयपुरमा एक सात वर्षीया बालिका पटक पटक बलात्कारको शिकार भएकी छन् ।

छिमेकी एक १९ वर्षीय युवाले घरमा बोलाएर पटक पटक बलत्कार गरेको उनका अविभावकले चालपाएपछि घटना बाहिर आएको हो ।

बालिका बलत्कार गरेको अभियोगमा १९ वर्षीय केशव गिरी पक्राउ परेका हुन् । बुधबार राति पक्राउ परेका उनलाई बिहीबार दिउँसो इलाका प्रहरी कार्यालय धरानले पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ ।

बालिका बलत्कृत भएको थाहा पाएपछि अविभावकले इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका छन् । इलाका प्रहरी कार्यालय धरानले गिरीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही अघि बढाएको डिएसपी सुदमकुमार सिजापतीले बताए ।

बलात्कृत बालिकाको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइहेको छ । बालिकाको अवस्था खतरामुक्त रहेपनि मानसिकरुपमा विक्षिप्त भएकी छन् ।

गिरीविरुद्ध जबरजस्ती करणी अभियोगमा जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी आवश्यक कारबाही थालिएको डिएसपी सिजापतीले बताए । गिरीले बालीका बलत्कार गरेको स्विकारेका छन् ।
annapurnapost.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses