सलमानकी पूर्वप्रेमिका भन्छिन्, ‘म सलमानकै हुँ र उनैको भइरहने छु’
एजेन्सी–धेरै लामो समयदेखि चर्चा चल्दै आएको छ कि नायक सलमान खान र नायिका ज्याकलिन फनार्डिजबीच सम्बन्ध राम्रो छैन भन्ने । केहीदिन पहिले खबर आएको थियो कि सलमानले ज्याकलिनलाई ‘किक’को सिक्वेलबाट आउट गरिदिए । तर, ज्याकलिनका अनुसार उनीहरुको सम्बन्धमा अहिले पनि कुनै खराबी आएको छैन ।
हालै एक अन्तर्वार्तामा ज्याकलिनले भनेकी छन्, ‘ मान्छेहरुले हामी अलग भएको चर्चा गरेको सुन्दा मलाई हाँसो उठेर आउँछ । सलमानले कहिल्यै मेरो मात्र होइन कुनै पनि केटीको अपमान गर्दैन ।’ सलमानले आफूलाई ‘किक’बाट बाहिर राख्नुको अर्थ दुःख पु¥याउनका लागि नभएको उनको भनाइ छ । उनले भनिन्, ‘यो सलमानकै निर्णय भए पनि हाम्रो सम्बन्ध व्यवसायभन्दा माथि रहेको छ ।’

सलमानले आफ्नो आगामि फिल्म ‘जुगलबन्दी’मा प्रियंकाकी बहिनी परिणिती चोपडालाई दोहो¥याउने निर्णय गरेका छन् । ज्याकलिन यसका बारेमा सलमानले नै बताउन सक्ने भन्दै आफू उपयुक्त पात्र नभएको बताएकी छन् । उनले आफू सलमानको भएको र सलमानकै भइरहन चाहेको बताइन् ।
यी दुईले छिट्टै विवाह गर्नै चर्चा चले पनि अदालतबाट सफाइ पाएपछि सलमान विवाहको निर्णयबाटपछि हटेको खबर सार्वजनिक भएको छ ।
kathmandutoday.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses