भारतमा बाढीबाट एकसय ८० को मृत्यु, दश लाख विस्थापित

नयाँ दिल्ली, १९ साउन । भारतको पश्चिम बङ्गललगायतका क्षेत्रमा जारी रहेको भारी वर्षा र त्यसपछिको बाढीमा परी कम्तीमा पनि १८० जनाको ज्यान गएको छ ।

बाढी र पहिरोमा परी कम्तीमा पनि १८० व्यक्तिको मृत्यु भएको अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् ।
उत्तर पश्चिमी क्षेत्र मणिपुर, गुजरात, राजस्थान, पश्चिम बङ्गलालगायत यसका छिमेकमा पर्ने राज्यहरुमा बाढीको प्रकोप देखिएको छ ।

पश्चिम बङ्गाल र ओडिसामा नदीमा पानीको मात्रा बढेको र नदीको पानीले छेछाउका बस्तीहरु बगाएको जानकारी अधिकारीहरुले दिएका छन् । पहिरोबाट ८० लाख भन्दा बढी व्यक्ति प्रभावित भएको जनाइएको छ ।

अधिकारीहरुले बाढीका कारण करिब १० लाख व्यक्ति विस्थापित नै भएका छन् । उनीहरुलाई विभिन्न अस्थायी शिविरहरुमा राखिएको छ ।

उत्तरपश्चिमी राज्य मणिपुरमा गत हप्ता भारी वर्षापछिको पहिरोमा २० भन्दा बढी व्यक्तिको मृत्यु भएको जनाइएको छ ।
सो बाढी र पहिरोमा परी अलपत्र परेका व्यक्तिहरुलाई स्थानीय सरकारले उद्वार गरी अस्थायी शिविरहरुमा राखिएको जनाइएको छ ।

बाढीबाट विस्थापितको सङ्ख्या अझै बढ्नसक्ने जनाएका छन् । अधिकारीहरुले सोमबार १०० जनाको ज्यान गएकोमा मङ्गलबार ८० बढेको जनाएका हुन् ।
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses