गुगलले बलुनद्वारा देशभरि ईन्टर्नेट सेवा प्रदान गर्ने
-बोस कोइरालानिश्रीलङ्काको सरकारले यो हप्ता गुगलसँग मिलेर देशभरि ईन्टरनेट सेवा प्रदान गर्ने योजनाको घोषणा गरेको छ। यसमा आश्चर्यको कुरा के हो भन्दा यो ईन्टरनेट सेवा कुनै तार वा फाइबरबाट नभएर हट एयर बलुनमार्फत प्रदान गरिने छ। हट एयर बलुन एक विशाल बलुन हो जुन मानिसहरु यात्रा अथवा मनोरञ्जनको लागि प्रयोग गर्ने गर्दछन्। यस बलुनलाई आगो बाट तातो हावा प्रदान गराएर आकाशमा उडाईन्छ।
धेरै समय अघिदेखि गुगलले यस प्रविधिको विकास गर्दै आएको छ। यस कम्पनीले बलुनद्वारा देशभरि हाई स्पिड ईन्टरनेट सेवा प्रदान गर्नको लागि बलुनको प्रोटोटाईपहरु बनाउदै आएको छ। स्रिलङ्कासँगको यो साँझेदारीले गुगललाई आफ्नो बलुन प्रोटोटाइपको परीक्षण गराउने राम्रो मौका दिएको छ।
प्रोजेक्ट लुन नाम राखिएको यस परियोजनामा प्रयोग हुने ईन्टरनेट बलुनलाई ‘नाइटहक’ नाम दिईएको छ। नाइटहकमा एल टि ई (long-term evolution ‘LTE’) एन्टिना प्रयोग हुनेछ। उडिरहेको बलुनको जमिनमा रहेको स्टेशनहरुसँग कनेक्सन रहिरहनेछ जसले यसमा भएको एल टि ई एन्टिनाले मोबाइलहरुमा भएको 4G नेटवर्कको प्रयोग गरेर डाटाहरु आदनप्रदान गर्न सक्छ। गुगलको अनुसार यि बलुनहरु एकपल्टमा करिब १०० दिनसम्म उडिरहनेछन्।
स्रिलङ्काको जनसंख्या करिब २ करोड २० लाखको रहेको छ। तर यो देशमा ईन्टरनेट सेवा सुविधाको खासै विकास भएको छैन। यस देशमा ईन्टरनेटको सेवा प्रदान गर्न केवल ६ लाख तारसहित र २.८ लाख तारविहिन कनेक्सन जडान गरिएको छ। हालसम्म स्रिलङ्काको सरकार र गुगलले यस योजनाको प्रक्षेपण गर्ने मिति तोकेका छैनन्। तर स्रिलङकाका विदेश मन्त्री ‘मङगला समराविरा’ले यो सेवा केहि महिनाको अवधि भित्र नै सुचारु हुने बताएका छन्।nepaliheadlines.com
0 comments
Write Down Your Responses