गोरखामा भूकम्पको कडा धक्का, स्थानीयको भागाभाग
काठमाडौँ, २५ साउन ।नेपालमा सोमबार फेरि भूकम्प गएको छ ।आज बिहान ४ बजेर १५ मिनेट जाँदा गोरखा जिल्लाको बालुवा आसपास केन्द्रबिन्दु भएको ४.९ रिक्टर स्केलको परकम्प(भूकम्प) गएको हो ।
गोरखासहित आसपासका जिल्लामा समेत भूकम्पको कडा धक्का महसुस गरिएको छ । विहानीको समयमा गएको भूकम्पको कडा धक्का एकछिन स्थानीयको भागाभाग भएको थियो ।
गत वैशाख १२ गतेको ‘गोरखा भूकम्प’पछि ४ रिक्टर स्केल वा त्यसमाथिका ३७५ भन्दा बढी परकम्प गइसकेको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रले जनाएको छ ।


0 comments
Write Down Your Responses