नेताको घरमा आगो लाउन खोज्नेमाथि प्रहरीले गोली हान्यो
७ जना घाइतेको उपचार हुँदैसुर्खेत : अखण्ड मध्यपश्चिमको माग गर्दै सुर्खेतको वीरेन्द्रनगरमा आन्दोलित सर्वसाधरणको समूहमाथि प्रहरीले गोली चलाउँदा सातजना घाइते भएका छन् ।
वीरेन्द्रनगरस्थित कांग्रेस सह–महामन्त्री पूर्णबहादुर खड्काको घरमा आगजनी गर्न खोजेपछि प्रहरीले गोली हान्दा सातजना घाइते भएका हुन् ।
आगजनी गर्न घरमा पस्न खोजेका आन्दोलनकारीले नेता खड्काको घर अगाडि एउटा सार्वजनिक बस जलाएका छन् ।
प्रहरीको गोली लागेर घाइते भएका आन्दोलनकारीहरुको स्थानीय नर्सिङ होमहरुमा उपचार भइरहेको छ ।
annapurnapost.com


0 comments
Write Down Your Responses