नेपाली किसानको ४५ लाख ठग्ने भारतीय पक्राउ
इलाम, २५ साउन । दुग्ध उत्पादक किसानको लाखौं रकम हिनामिना गरेको आरोपमा आइतबार एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पशुपतिनगर तीनखुट्टेमा दर्पण चीज उत्पादक संस्था सञ्चालन गरी बस्दै आएका भारत दार्जिलिङ–४ का डोनिट क्षेत्रीलाई किसानले पक्राउ गरी इलाका प्रहरी कार्यालय पशुपतिनगरमा बुझाएका थिए ।

दुई वर्षदेखि पशुपतिनगर आसपासका किसानले उक्त चीज उद्योगमा दुध विक्री गर्दै आएका थिए । किसानले ढुवानी गरेदेखि चीज उद्योगले दुधको रकम नदिई ठगी गर्दै आएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार उक्त चीज उद्योगले किसानलाई दुई वर्षदेखिको करिब रु ४५ लाख रुपैयाँ तिर्न बाँकी छ । दुधको रकम भुक्तान नदिई सञ्चालकहरु फरार भएका थिए । डेरीका तीन÷चार जना सञ्चालक भएपनि अन्यको नाम गोप्य राखिएको छ ।

चीज उद्योगले किसानबाट दुध लिएर चीज उत्पादन गरेर विक्री गरेपनि किसानलाई भने भुक्तान नदिएका कारण पक्राउ गरिएको र थप अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक पदम थपलियाले जानकारी दिए। रासस

,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses