सिराहमा गोली चल्यो, दुईजना घाइते
सिराह : सिराहको गोलबजारमा गोली चल्दा दुईजना गम्भीर घाइते भएका छन् ।

शुक्रबार बेलुका प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा गोली चल्दा गोलबजारकै ३५ वर्षीय लक्ष्मण दास र १६ वर्षीय आशिष शाह घाइते भएका छन् । गोली लागेर सडकमै ढलेका दुवैजनाको अवस्था गम्भीर छ।

दासको ढाडमा र शाहको हातमा गोली लागेको छ ।दुवैजनालाई धरान अस्पतालमा लगिएको छ।

प्रहरीले गोलबजारमा रहेका तीनवटा ट्रान्सफरमर गोली हानेर फुटाइदिएको छ । प्रदर्शनकारीले राति गतिविधि नगरुन् भनेर अध्याँरो बनाउन ट्रान्सफरमर पड्काइएको बताइएको छ।
annapurnapost.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses