मोबाइलको ब्याट्री पड्कँदा २ बालकको मृत्यु
कालिकोट : मोबाइल फोन चार्ज गर्ने क्रममा कालिकोटमा दुर्इजना बालकको ज्यान गएको छ ।स्थानीयबासीले शुरुमा मेहलमुडी–२ जोगीमारामा सकेट बमजस्तो देखिने बस्तु बिष्फोट हुँदा २ बालकको मृत्यु भएको खबर प्रहरीलार्इ दिएका थिए ।
खवर प्राप्त भएपछि गएको प्रहरीले बुझ्दा पदमनाथ योगीको घरमा अन्य मानिस नभएको अवस्थामा १२ भोल्टको ब्याट्रीमा मोवाइल चार्ज गर्दा ती बालकको ज्यान गएको पत्ता लागेको हो ।
घटनाबारे जिल्ला प्रहरी कार्यालय कालिकोटले थप अनुसन्धान गरिरहेको जनाएको छ ।annapurnapost.com


0 comments
Write Down Your Responses