मधेसमा राज गर्न राजेन्द्र महतोको योजना, आफ्नै नेतालाई सिध्याउन यस्तो थियो तयारी
काठमाडौं । राजेन्द्र महतोले मधेस आन्दोलनमा सहभागी अन्य मधेसवादी दलका नेताहरुलाई बदनाम गर्नका लागि एउटा समूह नै परिचालन गरेको खुलेपछि मधेसी मोर्चामा खेलाबैला मच्चिएको छ ।यसपटक मधेस आन्दोलनको जस लिन र भोलि त्यसको फाइदा लिन सुरुदेखि नै आक्रामक रुपमा प्रस्तुत भएका महतोले उपेन्द्र यादव, महन्थ ठाकुर, महेन्द्र यादव लागयतका नेताहरुको बद्नाम गर्न आफ्ना भतिजा उपेन्द्र महतोको नेतृत्वमा एउटा समूह नै सामाजिक संजालहरुमा खटाएको खुलासा भएको छ ।
राजेन्द्र महतो मन्त्री हुन्जेल सधैं पिए रहेका उपेन्द्र नातामा राजेन्द्रका भतिजा हुन् । अहिले उनी सद्भावना पार्टीका केन्द्रीय सदस्य छन् । राजेन्द्रको अकुत सम्पत्ति उपेन्द्रको नाममा पनि रहेको चर्चा मधेसी नेताहरु नै गर्दछन् ।
सम्पत्ति शुद्धिकरणको निशानामा परेका महताले नक्कली फेसबुक एकाउन्टमार्फत उपेन्द्र, महन्थ र महेन्द्रको बदनाम गरिरहेको आरोप लागेको छ । त्यसो त उनले आफ्नो नक्कली फेसबुकबाट पनि संविधानसभाबाट राजीनामा दिन डराएका मधेसी नेताहरु धोकेबाज हुन् भनदै भन्दै सद्भावना पार्टी बाहेक अरु कसैले पनि मधेसको मुद्दा बोक्न नसकेको लेखेका थिए । आजको साँघु साप्ताहिकमा खबर छ
dainiknepal.com


0 comments
Write Down Your Responses