क्यानडामा सवारी दुर्घटनामा परी अधिकारीको मृत्यु
टोरन्टो, १० सेप्टेम्बर। क्यानडामा बसोबास गर्दै आएका एक नेपालीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ। उत्तरी ओन्टारियोको पुर्बी इग्नस स्थित हाइवे -१७ मा आफैंले चलाएको मोटर बुधबार बिहान दुर्घटना हुदाँ केनोरा सिटीमा बस्ने बिमल अधिकारीको घटनास्थलमै मृत्यु भएको हो। ओन्टारियो प्रोभेन्सियल पुलिस (ओपिपि)का अनुसार, इग्नसबाट लगभग ४० किलोमिटर पुर्बमा सो मोटर दुर्घटना भएको थियो। अधिकारीले चलाइरहेको टोयोटा ‘रयाभ फोर’ गाडी सेन्टर लेन क्रस गरी बिपरित दिशाबाट आइरहेको निशान ‘पाथफाइनडर’मा ठोक्किन पुगेको स्थलगत जांच पछि प्रहरीले बताएको छ। दुर्घटनाको खबर पाए लगत्तै त्यहाँ पुगेको प्रहरीले चालक अधिकारीलाई जीवित अवस्थामा नभेटेको बताएको छ। स्वर्गीय अधिकारीको आजै पोष्टमार्टम गरिएको छ।दुइ छोराका पिता अधिकारी हालै मात्र मिसिसागा सिटीबाट बसाईं सरी केनोरा गएका हुन्। अधिकारीको निधनले क्यानडाका नेपाली स्तब्ध भएका छन्।
मिजासिला स्वभाब र समुदायका हरेक उमेर समूहमा सहजै घुलमिल हुनसक्ने अधिकारीको निधनले ब्राम्पटन, मिसिसागाका नेपाली समुदाय निकै भाव विह्वल भएका छन्। यसैबीच अधिकारीको निधन प्रति शोक बक्तब्य जारी गर्दै गैर आवासीय नेपाली संघ क्यानडाका अध्यक्ष तुलसी प्रसाद सापकोटाले गहिरो दु:ख व्यक्त गरेका छन्।
‘यस दुखद घटनाप्रति धैर्य धारण गर्न उहाँको शोक सन्तप्त परिवार सदस्यहरुमा एनआरएन क्यानाडा समबेदना ब्यक्त गर्दछ’, अध्यक्ष सापकोटाले भनेका छन्- ‘उहाँको आत्माको चिर शान्तिको लागि कामना गर्दछौं।’ यस दुखद घडिमा रितिरिवाज सम्पन्न गर्न तथा क्रिटिकल अवस्थामा रहनुभएकी रुपा अधिकारी र उहाँको दुइ छोराहरुलाइ सहयोग गर्न स्थानिय नेपाली समुदाय र सम्भव सबैलाइ गैरआवासीय नेपाली संघ क्यानडाले अपिल गरेको छ। - NepaliVision


0 comments
Write Down Your Responses