शुक्रबार राति दार्चुलामा नयाँ भूकम्प
काठमाडौं, २५ भदौ । नेपालमा शुक्रबार राति नयाँ भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार राति दार्चुलालाई केन्द्रविन्दु बनाएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो । शुक्रबार बेलुका ६ बजेर ३९ मिनेटमा भूकम्पको धक्का महसुस भएको थियो ।
भूकम्पको धक्काले दार्चुला पूरै हल्लिएको पत्रकार नरेन्द्र कार्कीले जनाएका छन् । भूकम्पबाट क्षति भने केही नभएको कार्कीले जनाए । केन्द्रका अनुसार भूकम्पको धक्का आसपासका जिल्लाहरुमा समेत महसुस भएको छ ।
नेपालमा वैशाख १२ गते गोरखाको वारपाकलाई केन्द्रविन्दु बनाएर गएको विनाशकारी भूकम्पपछि दर्जनौ नयाँ भूकम्प पनि गएका छन् ।
dainiknepal.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses