बन्धकबाट छुटेका नेपाली आमाछोरीको दर्दनाक बयानः एक दिनमा ७/८ जना साउदीले बलात्कार गर्थे
काठमाण्डु, २३ भदौ– भारतमा साउदी अरबका एक कुटनीतिज्ञले दुई नेपालीलाई बनधक बनाएर त्यहाँको एक घरमा राखि पटक–पटक बलात्कार गरेको समाचारले यतिबेला सबैलाई स्तब्ध बनाएको छ । घटना बाहिर आएसँगै कुटनीतिज्ञमाथि बलात्कारको मुद्धा दर्ता गराइएको छ । समाचार अनुसार भारतका लागि साउदी अरब दूतावासका प्रथम सचिवले दुई नेपाली महिलालाई भारतमा महिनौँसम्म बन्धक बनाएर बलात्कार गर्दै आएको थियो । त्यहाँ उनीहरुलाई निकै दर्दनाक तरिकाले बलातकार गरिएको थियो । प्हरीले सोमबार स्थानीय र एनजिओको सहयोगमा उनीहरुलाई त्यहाँबाछ छुटाएको हो ।घटना बाहिर आएपछि बलात्कारित ४४ वर्षीया महिला र उनकी २० वर्षीय छोरीले आफूमाथि भएको पीडाको दर्दनाक कथा सुनाएका छन् । युवतिले भनिन्, ‘पछिल्लो चार महिना हाम्रा लागि निकै भयावह रह्यो । हामीलाई लाग्थ्यो कि हामी छिट्टै मर्ने वाला छौँ र हाम्रो घरपरिवारलाई हाम्रो लाशुमेत मिल्नेवाला छैन ।’
४४ वर्षीया नेपाली महिलाले कहिलेकाँही आफूहरुलाई सात आठ जनाले सामूहिक बलात्कार गर्ने गरेकोसमेत बताइन् । पहिले दुबै आमाछोरीलाई घरको कामका लागि राखिएको थियो तर, पछि उनीहरुलाई यौन प्यास बुझानका लागि प्रयोग गर्न थालियो । महिलाले भनिन्, ‘केबल कुटनीतिज्ञमात्र होइन उसको घरमा आउने सबैजनाले बलात्कार गर्थे, कहिलेकाँही त दिनमै सातदेखि आठ जनासम्मले पनि सामूहिक बलात्कार गरे । उनीहरु पनि साउदी अरबका मानिस हुने गर्थे ।’
आफूहरुले बिरोध गर्न खोज्दा मारेर लाश कतै फालिदिने धमकी आउने गरेकोसमेत महिलाले खुलासा गरिन् । नेपाली महिलाको आरोप छ कि एकदिन जब उनले बलात्कारको बिरोध गर्न खोजिन् तब उनको हातमा चाकु हानियो । महिलाका अनुसार कुटनीतिज्ञले उनीहरुलाई कतिपटक दिल्ली भन्दा बाहिर आगरा र नैनीताल लगेर गयो । त्यहाँ केही मानिसहरु भेटिन्थे र उनीहरु पनि बलात्कार गर्थे ।
घटनापछि साहायक प्रहरी आयुक्त राजेशले पहिले उनीहरुलाई साउदी अरबको जेद्धान लगिएको जहाँ उनीहरुलाई घरेलु काम लगाइयो र बलात्कार पनि गरियो । केही समयपछि उनीहरुलाई भारतको दिल्लीस्थित गुडगाउँ लगियो । त्यहाँ एक फ्ल्याटमा राखियो जुन साउदी अरबको दूतावासले भाडामा लिएको थियो । राजेशले पीडतको बयानका आधारमा अघि भने एक घरेलु सहायक पनि त्यहाँ गएकी थिइन् । उनले यी दुबै महिलाको दुर्दसा देखिन् र त्यहाँबाट गइन् ।
सोही महिलाले एक एनजिओलाई सूचना दिइन् र प्रहरी त्यहाँ गएर छापा हान्यो र महिललाई मुक्त गर्यो । घटनाका समबनधमा अहिलेसम्म कोही गिरफ्तार भएका छैनन् । प्रहरीले यस घटनामा नेपाली दूतावासको सहयोग मागेको छ । युवतिहरुको घर बाग्लुङ भएको समाचारमा बताइएको छ । भारतीय संचार माध्यमले यस घटनालाई प्राथमिकताका साथ स्थान दिइरहेका छन् ।
source kathmandutoday.com
0 comments
Write Down Your Responses