कपालको चाँया हटाउने घरेलु विधि
– एक कप दहीमा एक कप बेसन मिलाएर कपालमा राम्ररी लगाउने र दुई घण्टापछि राम्रोसँग धुने ।– अमला र रहरको रिठ्ठालाई बराबरी मात्रामा मिलाएर टाउकोमा लगाउने र यसको दुई घण्टापछि धुने ।
– नुहाउनुभन्दा एक घण्टा अगाडि सँधै कागतीको रसले टाउको मालिस गर्ने ।
– कपालमा नियमित रुपले नरिवलको शुद्ध तेल लगाउने ।
– बास्ना आउने खालका तेल कपालमा प्रयोग नगर्ने ।
– आफुले प्रयोग गरेको सामाग्री : काँइयो, ब्रस, तकिया आदि अन्य मानिसलाई प्रयोग गर्न नदिने ।
–रासायनिक स्याम्पुको प्रयोग नगर्ने ।
एजेन्सीको सहयोगमा


0 comments
Write Down Your Responses