मधेस आन्दोलनको समर्थनमा कांग्रेसका युवाको जुलुस
वीरगन्ज : वीरगन्जमा मधेस आन्दोलनको समर्थनमा सोमबार सत्तारुढ दल नेपाली कांग्रेसकै युवा विद्यार्थीहरु सडकमा उत्रिएका छन् ।नेविसंघ र नेपाल तरुण दलका नेता कार्यकर्ताहरुले सोमबार दंगाग्रस्त क्षेत्र घोषित वीरगन्जमा जुलुस प्रदर्शन गरेका हुन् ।
नेविसंघका जिल्ला अध्यक्ष सन्तोष गुप्ता र तरुण दलका जिल्ला सचिव सुधीर पटेलको अगुवाइमा काँग्रेसका युवा विधार्थीहरुले झण्डा सहित जुलुश प्रदर्शन गरेका हुन् ।
कांग्रेसका युवा विद्यार्थीहरुले निकालेको जुलुशमा मधेसी दलका युवा विधार्थीहरु पनि सहभागी भएका थिए ।
जुलुसमा सहभागीलाई प्रहरीले तत्कालै पक्रेर हिरासतमा लिएको छ । घडीअर्वा टोलबाट निस्किएको जुलुस पान गल्ली हुँदै माइस्थान चोकमा पुगेलगत्तै प्रहरीले हस्तक्षेप गरेर १६ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको हो ।
स्थाानीय प्रशासनले दंगाग्रस्त क्षेत्र घोषणा गरेको वीरगन्जमा प्रदर्शन गरेको आरोपमा प्रहरीले नेविसंघका जिल्ला अध्यक्ष सन्तोष गुप्ता, तरुण दलका जिल्ला सचिव सुधीर पटेल, संघीय समाजवादी फोरम नेपालका नगर उपाध्यक्ष शुसील गुप्ता पक्राउ परेका छन् ।
त्यसैगरी मधेशी विद्यार्थी फोरम पर्साका अध्यक्ष जसवन्त यादव, विद्यार्थी नेताहरु ल्खन गुप्ता, निखिल वर्णवाल, उपेन्द्र यादव, हरिसराज गुप्ता, मनोज कुमार गुप्ता, विवेक श्रीवास्तव, रन्जन मिश्रा, विनोद यादव, आलम गिर अन्सारी, मुकेश कलवार, विनोद गुप्ता र शिवजी सोनीलाई हिरासतमा लिएको हो ।
प्रहरीले नियन्त्रणमा लिने क्रममा उनिहरुलले मधेस आन्दोलनको समर्थन र प्रहरी दमनको विरोधमा चर्को नाराबाजी गरेका थिए ।
कांग्रेस नेतृत्वले मधेसका जायज माग सम्बाधेन नगरी जबरजस्ती संविधान निर्माणको प्रकृया अगाडि बढाएकाले मधेस आन्दोलनको समर्थन गरेको नेविसंघ पर्साका अध्यक्ष सन्तोष गुप्ताले बताए ।
annapurnapost.com


0 comments
Write Down Your Responses