ह्वात्तै बढ्यो तरकारीको भाउ, हेर्नुहोस् आजको तरकारीको मूल्य
काठमाडौं, २८ भदौ । राजधानीमा केही समय यता सामान्य रहेको तरकारीको मूल्य ह्वात्तै आकाशिएको छ । शनिबार र आइतबारको तुलनामा सोमबार मात्रै तरकारी १५ देखि २० प्रतिशतले बढेको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार सोमबार अधिकांश तरकारीको भाउ बढेको छ । जसमध्ये काउली र गोलभेंडाको भाउ ह्वात्तै आकाशिएको छ ।


काउली किलोको ८० रुपैयाँ छ भने गोलभेंडा ४० रुपैयाँमा कारोबार भैप्याज भने किलो ९५ रुपैयाँमा  कारोबार भइरहेको समीतिले जनाएको छ ।

त्यस्तै खुर्सानी किलोको ५५ देखि ६०, काँक्रो ५५, बोडी ४० देखि ४२ मा कारोबार भइरहेको छ । त्यस्तै सुन जस्तै महगों भनीएको प्याज किलोको ९६ रुपैयाँँ थोक मूल्य छ ।  बन्दा ४० देखि ४५, रातो नेपाली आलु ३९, रातो आलु २६ रुपैयाँमा  कारोबार भइरहेको समीतिले जनाएको छ ।

,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses