जलेश्वरमा प्रहरीको गोलीबाट एक महिलाको मृत्यु
जलेश्वर : मधेसी मोर्चाका कार्यकर्ताले विदामा बसेका सशस्त्र प्रहरीका एक असईको क्रुरतापूर्वक लखेटेर हत्या गरेपछि महोत्तरीको जलेश्वर तनावग्रस्त भएको छ ।

सशस्त्रका असई थमनबहादुर विकलाई कुटपिट गरेपछि उपचारका लागि जनकपुरमा लाने क्रममा मोर्चाका कार्यकर्ताले लखेटेर हत्या गरेपछि जलेश्वर तनावग्रस्त भएको हो ।

जलेश्वरमा लगाइएको अनिश्चिकालिन निषेधाज्ञा तोड्न उत्रेका मधेसी मोर्चाका कार्यकर्तासँग भएको झडपमा प्रहरीले गोली चलाउँदा रामशिला मण्डल मारिएकी हुन् ।

जलेश्वरको  महादेव मन्दिर नजिकै प्रदर्शनमा उत्रेका मोर्चाका कार्यकर्ताले ढुंगामुढा गरेपछि प्रहरीले चलाएको गोली टाउकोमा लागेर मण्डलको ज्यान गएको हो ।

टाउकोमा गोली लागेर गम्भीर घाइते बनेकी मण्डललाई जलेश्वर अस्पतालमा पुर्याएपछि चिकित्सकले मृत घोषित गरेका थिए ।annapurnapost.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses