प्रेमिकालाई भेट्न सुटुक्क लाओस पुगेका पारस शाह पक्राउ, कन्निकासँग भने भेटघाट
काठमाडौँ, भदौ २५ । पूर्वयुवराज पारस सुटुक्क नेपाल छोडेर लाओस पुगेका छन् । लामो समय थाइल्यान्ड बसेर नेपाल आएका पूर्वयुवराज पारस चीन जाने भन्दै थाइल्यान्डनजिकै रहेको लाओस पुगेका हुन् ।उनी त्यहाँ पुग्नासाथ उनी थाई प्रेमिका कन्निका पारसलाई भेट्न लाओस पुगेकी थिइन् । पारसलाई भेटेर पुनः थाइल्यान्ड फर्कने क्रममा थाई प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ ।
पूर्वयुवराज पारस र कन्निकाबीच थाइल्यान्डको फुकेटमा घटेको घटनाको मुद्दा अझै किनारा नलागेकाले सोही घटनाको बारेमा पुनः अनुसन्धान गर्न उनलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।
www.etajakhabar.com


0 comments
Write Down Your Responses