कार्यालयबाटै प्रहरीको नियन्त्रणमा परे लक्ष्मण थारु, कैलाली घटनाबारे सोधपुछ गरीँदै
भैरहवा, भदौ २३ ।  मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य लक्ष्मण थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार बिहान भैरहवाबाट प्रहरीले नियन्त्रणमा लिएका थारुलाई कैलालीको टीकापुर घटनाबारे सोधपुछ गर्न लागीएको प्रहरीले जनाएको छ ।

थारुलाई कैलाली प्रहरीको अनुरोधमा भैरहवा प्रहरीले नियन्त्रणमा लिएर कैलाली चलान गरिएको स्रोतको भनाइ छ । भैरहवास्थित फोरम लोकतान्त्रिकको कार्यालयबाटै थारुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

थरुहट आन्दोलनका क्रममा उनले कैलाली जिल्लाको कमाण्ड सम्हालेको आरोपमा टिकापुर घटनाका विषयमा अनुसन्धान गनए सोधपुछका लागी उनलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोत बताउँछ । थारु पूर्व माओवादी कमाण्डर समेत हुन् ।
www.etajakhabar.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses