संविधानको प्रतिज्ञा पूरा भयो, अब माओवादी पार्टी एकीकरण : प्रचण्ड
काठमाडौं — एमाओवादी अध्यक्ष प्रचण्डले जनतालाई संविधानसभामार्फत संविधान दिने पार्टीको भिष्मप्रतिज्ञा पूरा हुन लागेको बताउँदै अब संविधान जारी भएपछि पार्टी माओवादी एकीकरण अभियानमा लाग्ने बताएका छन् ।एमाओवादी नेता स्व पोष्टबहादुर बोगटीको पहिलो स्मृति दिवसका अवसरमा पार्टी हेडक्वाटर पेरिसडाँडामा आयोजित श्रद्धान्जली कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले संविधान निर्माण पछि पार्टी पुर्ननिर्माण अभियानमा लाग्ने बताएका हुन् ।
प्रचण्डले भने, ‘पार्टीको वि.सं. २०५७ सालमा बसेको दोस्रो राष्ट्रिय सम्मेलनले संविधानसभामार्फत संविधान बनाउने निर्णय गरेको थियो । संविधानसभाको हाम्रो मिसनबाट हामी ब्याक हुनसक्दैनौ ।’ उनले पछिल्लो संविधानसभामा भएका धेरै उपलब्धीहरुलाई जोगाउन नसकेकोमा पनि दुःख व्यक्त गरे । ‘हामी कमजोर भयौं । हामीले पहिलेका धेरै उपलब्धिहरुलाई बचाउन समेत सकेनौं,’ उनले भने, ‘तर सबै उपलब्धि गुमाउनु भन्दा भएका उपलब्धिलाई जोगाउनका लागि त्याग गरेर भए पनि संविधानसभामार्फत जनताको संविधान ल्याउन लागेका हौं ।’
उनले संविधान निर्माण प्रक्रिया पूरा हुन लागेपछि अवस्था चुनौतीपूर्ण रहेको जिकिर गरे ।
कार्यक्रममा बोल्दै उनले स्वर्गीय नेता इमान्दारिता र पारदर्शीताको प्रतिक रहेको उल्लेख गरे । उनले पार्टीमा सँधै बोगटीको अभाव खड्किरहने बताए ।
www.ratopati.com


0 comments
Write Down Your Responses