नयाँ संविधान जारी गर्न मतदानको तयारी, सबै शीर्ष नेता बानेश्वरमा
काठमाडौं : संविधानसभामा नयाँ संविधान जारी गर्ने प्रक्रिया अब निर्णायक चरणमा प्रवेश गरेको छ। आजैदेखि मतदानको प्रक्रिया सुरु हुने भएको छ।सबै नेताहरु एघार बजे नै संविधानसभा भवन नयाँ बानेश्वरमा आइपुगेका छन्। पार्टीको आन्तरिक छलफल, दुई पक्षीय वार्तामा नेताहरु व्यस्त छन्। एघार बजे बस्ने भनिएको बैठक साढे १२ बजेसम्म सुरु भएको छैन। तीन दलबीच औपचारिक बैठक बसेर संविधानसभाको बैठक सुरु गर्ने तयारी छ ।
यसका लागि समध्यक्ष सुवास नेम्वाङले शीर्ष नेताहरुसँग निरन्तर समन्वय र सम्पर्क गरिरहेका छन् । कांग्रेस एमालेले प्रक्रिया अघि बढाउने निर्णय गर्दै ह्वीप जारी गरिसकेका छन् भने एमाओवादी पनि आन्तरिक छलफलमा छन्।
एमाओवादीका नेताहरु बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ प्रक्रिया स्थगन गरेर वार्ता गर्नुपर्ने पक्षमा क्रियाशिल देखिएका छन्। तर प्रचण्डलगायतका अरु सबैजसो नेताहरु प्रक्रिया रोक्न नहुने पक्षमा दरो रुपमा उभिएका छन्।
सुरुमा संविधानका विभिन्न धारामाथि मतदान हुनेछ र धाराहरुको अनुमोदनपछि सम्पूर्ण विधेयक संविधानको रुपमा पारित हुने छ। संविधान जारी गर्ने मतदानको तालिका र कार्यसूची संविधानसभा सचिवालयले तयार गरिसकेको छ। दुई दिन प्रक्रिया रोकेर आन्दोलनकारीलाई वार्तामा प्रतिक्षा गर्दा पनि उनीहरु वार्तामा नआएपछि आइतबारदेखि मतदान गर्न लागिएको हो।
annapurnapost.com


0 comments
Write Down Your Responses