थारुवान टोली र प्रधानमन्त्रीवीच भेटवार्ता
काठमाडौं : संविधान निर्माण अन्तिम चरणमा पुगेका बेला थारुवान आन्दोलनका नेता र प्रधानमन्त्री सुशील कोइरालाबीच बालुवाटारमा भेटवार्ता भएको छ ।आइतबार दिउँसो भएको भेटवार्तामा प्रधानमन्त्री कोइरालाले थारुवानका नेतालाई आन्दोलन छाडेर संविधान निर्माणमा संलग्न हुन आग्रह गरेका थिए ।
प्रम कोइरालाले संविधान निर्माणपछि पनि आदिवासी जनजातिका मागहरुलाई सम्बोधन गर्दै जान सकिने बताएका थिए ।
थारुवान संघर्ष समितिक नेता तथा वार्ता टोलीका सदस्य राजकुमार लेखीले आफूहरुसँग विगतमा भएका सहमतिको कार्यान्वय तथा थरुहट स्वयत्त राज्यको माग पूरा हुनुपर्ने अडान राखेको बताए ।
सरकारसँग वार्ताका लागि थारुवान संघर्ष समितिले शनिबार राजकुमार लेखी, अमनलाल मोदी र मिनराज चौधरी सदस्य रहेको वार्ता टोली गठन गरेको थियो । annapurnapost.com


0 comments
Write Down Your Responses