ट्रकको ठक्करबाट तीनजनाको मृत्यु
रुपन्देही : भैरहवाबाट सुनौलीतर्फ जाँदै गरेको युपी५३पी ८३०९ नम्बरको भारतीय ट्रकले शनिबार राति ठक्कर दिँदा तीनजानको ज्यान गएको छ ।भारतीय ट्रकले विपरीत दिशाबाट आउँदै गरेको लु१०प २५२३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा तीनजनाको मृत्यु भएको हो ।
ठक्करबाट मोटरसाइकल चालक पाल्पा सोमादी गाविस–१ का ३२ वर्षीय वीरबहादुर बर्मजा, मोटरसाइकलमा सवार अर्घाखाँचीको किमडाँडा गाविस-१ की ३७ वर्षीया मधु राना र उनकी तीन वर्षीया छोरी सिमरनको मृत्यु भएको हो ।
तीनैजनाको घटनास्थलमै मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।
फरार ट्रक चालकको खोजी भइरहेको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक हरिराज वाग्लेले जानकारी दिए । रासस www.annapurnapost.com


0 comments
Write Down Your Responses