दृश्य खिच्न गएका दुई छायाकारसहित चारको हेलिकोप्टर दुर्घटनामा मृत्यु
चोङजिङ्, २८ भदौ । एक टेलिभिजन कार्यक्रमका लागि दृश्य खिच्न गएका दुई जना छायाकारसहित चारजनाको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको समाचार छ ।
आइतबार चीनको दक्षिणपश्चिमी चोङ्किङ नगरपालिकामा सो दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परी दुई जना छायाकारसहित चारको ज्यान गएको प्रहरीले जनाएको छ ।
मृत्यु हुने छायाकारमा जियाङ या र सोङ हाओ एन रहेका छन् । उनीहरु चिनियाँ टेलिभिजन चोङ्किङ ब्रोडकास्टिङ ग्रुपका छायाकारहरु हुन् ।
उक्त नगरपालिकाको बिकासका लागि सहयोग पु¥याउने खालका समाचार र दृश्यहरु सो टेलिभिजनमा प्रशारण गर्ने गरिन्छ । सोही कार्यक्रमका लागि दृश्य खोज्न र खिच्न उनीहरु त्यहाँ पुगेका थिए ।
आइतबार अपरान्ह १ बजेदेखि सो हेलिकोप्टरले सम्पर्क गुमाएको थियो । आइतबारै साँझ सो होलिकोप्टर दुर्घटनाग्रस्त भएको खुलेको हो ।
सोमबार बिहानमात्र उक्त हेलिकोप्टरका दुवैजना छायाकारसहित चारजनाको निधन भएको खुलेको हो । उद्वारकर्मीहरुले सो क्षेत्रबाट होलिकोप्टरका भग्नाबशेषहरु पनि भेटेका छन् । रासस/एएफपी
dainiknepal.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses