अर्धनग्न दुई महिलाले बिथोले मुस्लिम कार्यक्रम
पेरिस: दुई अर्धनग्न महिलाले विरोध प्रर्दशन गर्दा पेरिसस्थित मुस्लिम धर्मालम्बीको एक कार्यक्रम बिथोलिएको छ ।सामाजिक सञ्जालमा ती दुई महिलाले कार्यक्रममा अवरोध गरेको भिडियो सार्बजनिक भएको छ ।
धर्मगुरुले कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला अकस्मात दुई अर्धनग्न महिलाहरु कुदेर कार्यक्रमस्थलको स्टेजमा पुगी चर्को स्वरमा विरोध जनाएका भिडियोमा देखिएको छ ।
विरोध गरेर भाग्ने क्रममा एक महिला लडेपछि उपस्थित मानिसहरुले ती महिलालाई कुटपिट गरेका थिए । ती महिलाको बक्षस्थलमा 'नोबडी मेक्स सब्मिट' लेखिएको थियो ।
ती महिलाहरु फेमिन नाम गरेको एक संगठनको कार्यकर्ता भएको बताइएको छ ।
सो संगठन सन् २००८ मा युक्रेनमा निर्माण गरिएको थियो । हाल पेरिसबाट संचालन भइरहेको छ । सो संगठनले महिलामाथि हुने अत्याचार र धार्मिक अन्धविश्वास लगायतका विषयमा विरोध जनाउन टपलेस प्रदशन गर्दै आएको छ ।
फ्रान्स र स्पेनसँगै सो संगठनमा आवद्ध महिलाहरुले युक्रेन, स्वीडेन, र ट्यूनीशियामा पनि विरोध प्रदशन गरिसकेका छन् ।
www.annapurnapost.com


0 comments
Write Down Your Responses