नयाँ बानेश्वरमा तनाव, स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार
काठमाडौँ, २६ भदौ । हिन्दु राष्ट्र माग गर्दै निस्किएको जुलुसले ढुंगामुढा गरेपछि नयाँ बानेश्वर क्षेत्रमा तनाव बढेको छ ।

शनिबार साँझ हिन्दू धर्मको माग गर्दै निस्किएको जुलुसमा सहभागीले ढुंगामुढा गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन केही सेल अश्रुग्यास प्रहार गरेको हो ।

प्रदर्शनकारीले बहुजन पार्टीका सभासद विश्वेन्द्र पासवान अनसन बसेको स्थिलमा आक्रमण सुरुगरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।

अहिले नयाँ बानेश्वर क्षेत्रको तनावका कारण त्यहाँको यातायात अवरुद्ध भएको छ भने स्थिति अझै तनावपूर्ण रहेको छ ।
www.etajakhabar.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses